एसईई चैत्र १५ देखि २७ गते सम्म सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म  सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

Source:-Edupatra

SHARE

0 Comments

Leave a Reply